अरूण आर्यन चौधरीको निर्माणमा बन्यो थारू भाषाको गीत ‘घरपाला मोद’ (भिडिओ)

चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ। शुक्रबार सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो। दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ।

यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ। ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले अरेञ्ज गरेका छन्। गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ।

हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारू मोडल मुस्कान चौधरी, निर्देशकसमेत रहेका सुरेश चौधरी र गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ। भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन्।

यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने अरुण आर्यन चौधरीले निर्माण गरेका छन्। गायक चौधरीले लामो समयपश्चात थारू गीत बजारमा ल्याएका हुन्। उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरू चर्चित छन्।




3 thoughts on “अरूण आर्यन चौधरीको निर्माणमा बन्यो थारू भाषाको गीत ‘घरपाला मोद’ (भिडिओ)

Leave a Reply to Krrishgunjan chy ( dubai ) Cancel reply

Your email address will not be published. Required fields are marked *