रेशम चौधरीको रिहाइका लागि देशभरि प्रदर्शन हुँदै, शीर्ष थारू नेताहरू माइतीघरमा एक्यबद्धता जनाउँदै

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि आज थरुहट जिल्लामा प्रदर्शन हुँदैछ। थारू कल्याणकारिणी सभाको अगुवाईमा देशभरि प्रदर्शन हुन लागेको हो।

मंगलबार प्रमुख राजनीतिक दलहरूका थारू नेताहरूले एक्यबद्धता जनाएसँगै देशभरि प्रदर्शन हुन लागेको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए। उनका अनुसार तराईका सम्पूर्ण जिल्लामा विरोध प्रदर्शन गर्न परिपत्र पठाइएको छ।

त्यस्तै काठमाडौंको माइतीघरमा दिउँसो १ बजे थारू नेताहरूले संयुक्त विरोध प्रदर्शन गर्दैछन्।

अध्यादेशको समर्थन गर्दै र टीकापुर घटनाका राजबन्दी रेशम चौधरीसहित थारूहरुको रिहाइ माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायत दलका थारू नेताहरूको उपस्थिति रहने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *