‘थारू विरोधी’ भन्दै गगन, विश्वप्रकाश र रबि लामिछानेविरुद्ध थारू युवाहरू आक्रोशित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वयले आपत्ति जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।

‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्णरुपले गलत,’ विश्वप्रकाशको स्टाट्समा गगनले प्रतिक्रिया दिएका छन्, ‘सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शतप्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन, नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो।’

उनले पटक-पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्णरूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको बताए। ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन,’ गगनले भनेका छन्।

यता गगन र विश्वप्रकाशको धारणाप्रति थारू अगुवाहरू रुस्ट बनेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका समर्थकहरूले गगन र विश्वप्रकाशलाई थारू विरोधी भनेका छन्। गगन र विश्वप्रकाशले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे कहिल्यै सार्वजनिक बहस वा मुद्दा नबनाएको भन्दै उनीहरूले विरोध जनाइरहेका छन्।

‘रबि लामिछाने, गगन थापा, विश्वप्रकाश शर्माहरूलाई अनुसन्धान विभाग प्रमुख देवीराम शर्मा आयोगको प्रतिवेदन, सर्वोच्च आदालतका न्यायाधीश गृशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौं भन्न केले छेकेको छ!,’ नागरिक उन्मुक्तिका नेता कनैलाल चौधरी भन्छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रबि लामिछानेको थारूहरूले विरोध गरेका छन्। रबिले अध्यादेशको विरोध गर्दै लेखेका छन्, ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’

गगन, विश्वप्रकाश र रबिको अभिव्यक्तिप्रतस युवा नेता सीताराम थारू लेख्छन्, ‘रबि लामिछाने हिजो पनि टिकापुर घटनाको विरुद्धमा थिए अहिले पनि विरुद्धमा छन्। टीकापुर घटना राजनीतिक घटना हो भनेर थाहा नपाउनेले न्यायको वकालत कसरी गर्लान्? अर्कोतिर काङ्ग्रेस पार्टीभित्र मात्र होइन आम जनताको लागि निकै आसावादी दृष्टिकोणले हेरिएको दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा सरकारले ल्याएको अध्यादेशको घुमाउरो पाराले विरोध जनाएका छन्। लामो समयसम्म सत्तामा बसिरहेका यी दुई युवा नेताले सरकारकै पहलमा अनुसन्धान गरि बनाएको लाल आयोगको प्रतिबेदन किन सार्वजनिक गर्न सकेनन्? को दोषी को निर्दोष त्यहिबाट प्रमाणित हुन्थ्यो। यो विषयमा यी दुई युवा नेता किन बोल्न सकेनन् ? सबै पार्टीभित्र यस्ता थुप्रै पात्रहरु छन् जो आफैँ आफ्नो असली चेहरा बाहिर ल्याउँदैछन्। अब बिरोध गरेर केही फाइदा छैन जनताले फैसला गरि सकेका छन् । जनता जनार्दन हुन भलाइ यसैमा छ सरकारले ल्याएको अध्यादेश बिरोध गर्नमा होइन कार्यन्वयन गर्नमा सहयोग गर्नुस्।’




2 thoughts on “‘थारू विरोधी’ भन्दै गगन, विश्वप्रकाश र रबि लामिछानेविरुद्ध थारू युवाहरू आक्रोशित

  1. Gagan thapa biswoprakas ra rabi lamichane bhaneko brahaman badi hun. Eni haru bhaneko aru jaati lai dabaera rakhne soch bhaeka bayakti haru hun.

  2. मानिसको धन जनको सुरक्षामा खटेका उच्च पदस्त प्रहरीलाई खसीबोका भन्दा पनि निर्लज्जतरिकाले दिन डिहाडै हत्या गर्ने अनि राजनीतिक घटना भन्ने । अहिले रिहाईको दुवाइ गर्ने । संसदको दुईतिहाईले निर्णय गर्न छाडेर अध्यादेश बाट किन रिहाई गर्ने । अपराधीहरुलाई जेल बस्न गार्‍हो भयो तर तिनै अपराधीले निपराध सुरक्षाकर्मीलाई हत्याहिंसा गरे तिनको आत्मले के भन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *