प्रतिनिधिसभामा १५ जना थारू सांसद, ९ जना पहिलोपटक संसद प्रवेश गर्दै

प्रतिनिधिसभाको समानुपातिकतर्फ थारू समुदायबाट ६ जनाको नाम सिफारिस भएको छ। शनिबार नेकपा एमाले, कांग्रेस, माओवादी र रास्वपाबाट थारू नेता समानुपातिक सांसदमा सिफारिस भएका हुन्।

जसअनुसार एमालेबाट दाङकी आश्मा कुमारी चौधरी, बर्दियाकी शान्ति चौधरी, कांग्रेसबाट सुनसरीकी कल्पना चौधरी र नवलपरासीकी बिना कुमारी थनेत, माओवादीबाट रुपा चौधरी र रास्वाबाट अशोककुमार चौधरी सिफारिस भएका हुन्।

यससँगै प्रतिनिधिसभामा थारूहरुको संख्या १५ पुगेको छ। प्रत्यक्षतर्फ ९ जना विजयी भएका थिए। यो अघिल्लो निर्वाचनभन्दा एकले कम पनि हो।

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ चार सिट जित्दै नागरिक उन्मुक्ति पार्टी थारु समुदायको पहिलो पार्टी बनेको छ। उसले चार सिट जितेको छ। प्रमुख पार्टीहरू नेपाली कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपा एक-एक सिटमात्र जितेका छन्।

नागरि उन्मुक्तिबाट रञ्जिता चौधरी श्रेष्ठ, गंगा डंगौरा, अरुण चौधरी, लालवीर चौधरी (स्वतन्त्र), नेकपा एमालेबाट भगवती चौधरी, नेपाली कांग्रेसबाट तेजुलाल चौधरी, माओवादी केन्द्रबाट अमनलाल मोदी, नेकपा एकीकृत समाजवादीबाट मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरी विजयी भएका थिए।




One thought on “प्रतिनिधिसभामा १५ जना थारू सांसद, ९ जना पहिलोपटक संसद प्रवेश गर्दै

Leave a Reply to Bhumi Cancel reply

Your email address will not be published. Required fields are marked *