कांग्रेसमा गच्छदारकी बुहारी कल्पना बनिन् समानुपातिक सांसद, योगेन्द्र चौधरी आउट

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। जसमा थारू कोटाबाट कल्पना चौधरी र बिनाकुमारी थनेत परेका छन्। दाङका योगेन्द्र चौधरी भने सूचीमा अटाएनन्। कल्पना गच्छदारको बुहारीसमेत हुन्।

कांग्रेसले विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महतको नाम टुंगो लगाएको हो। यसअघि चर्चामा रहेका गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी भने सूचीमा परेनन्।

कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई चयन गरेको छ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बु), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लगाएको छ। दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।

मधेसी कोटाबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र मुस्लिमबाट जावेदा खातुन जागा छानिएका छन्।




One thought on “कांग्रेसमा गच्छदारकी बुहारी कल्पना बनिन् समानुपातिक सांसद, योगेन्द्र चौधरी आउट

  1. योगेन्द्र भन्ने मान्छे आफ्नो धरातल बिर्सेर तलुवा नचातेको भए नागरिक उन्मुक्ती पार्टिबाट सांसद बन्ने निश्चित थियो अनि ना उ पा पनि राष्ट्रिय पार्टी बन्ने निश्चित।

Leave a Reply to सिपि कुसुम्या Cancel reply

Your email address will not be published. Required fields are marked *