यी हुन् नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बन्नेहरू (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। शुक्रबार कोटेश्वरको एक होटलमा बसेको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो।

जसअन्तर्गत मधेस प्रदेशमा रामचन्द्र चौधरी (बारा), लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) रहेका छन्। त्यस्तै सुदूरपश्चिमा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता चौधरी (कैलाली) रहेका छन्।

रेशम चौधरी चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्न असफल भए पनि प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित चार सिट जितेको छ। यो पार्टीले प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ।

बैठकले बर्दिया क्षेत्र नं २ बाट स्वतन्त्र जितेका रेशमका पिता लालबीर चौधरीलाई पार्टीमा भित्र्याउने निर्णयसमेत गरेको छ। निर्वाचन आयोगले रेशमो उम्मेदवारी खारेज गरिदिएपछि सो पार्टीले स्वतन्त्र उठेका लालवीरलाई समर्थन गरेका थिए।

पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय महाधिवेशन वैशाखमा गर्ने निर्णय भएको बताए। उनका अनुसार वैशाख ४ देखि ६ गतेसम्म टीकापुरमा राष्ट्रिय महाधिवेशन आयोजना हुनेछ।




2 thoughts on “यी हुन् नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बन्नेहरू (सूचीसहित)

  1. बधाई तथा शुभकामना ! अब देशभरी पार्टी विस्तार गर्नु पर्यो ।

Leave a Reply to Jay prakash chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *