समानुपातिकतर्फ थारूबाट को को चुनिँदैछन्?

समानुपातिकतर्फको मतगणना आज सकिँदैछ। निर्वाचन आयोगले त्यसलगत्तै थ्रेस होल्ड कटाएका सात वटा दललाई सिट बाँडफाँड गर्ने भएको छ। मतपरिणामअनुसार एमालेबाट आश्मा कुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगोराको निर्वाचित हुने सम्भावना छ भने कांग्रेसबाट कल्पना चौधरी, विनाकुमारी थनेतको निर्वाचित हुने सम्भावना छ। माओवादीबाट रुपा सोसी चौधरीको सम्भावना रहेको छ।

त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा एमालेबाट ललिताकुमारी चौधरी, लुम्बिनीमा एमालेबाट सीता शर्मा चौधरी र भगवतीकुमारी थरुनी र कांग्रेसबाट सञ्जु चौधरी र हिमकुमारी थरुनी, सुदूरपश्चिम प्रदेश कांग्रेसबाट गीताकुमारी चौधरी र एमालेबाट कुलवीर चौधरीको सम्भावना रहेको छ।

नागरिक उन्मुक्ति पार्टीबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ दुई दुई सिट जितेको छ। दुवै प्रदेशमा थारू प्रतिनिधि निर्वाचित भएकाले उक्त दुवै प्रदेशमा समानुपातिकबाट थारू आउने सम्भावना छैन।




One thought on “समानुपातिकतर्फ थारूबाट को को चुनिँदैछन्?

  1. प्रतिनिधि सभाको समानुपातिक तर्फबाट नेकपा एमाले को सत्यनारायण चौधरी मोरङ र काग्रेसबाट योगेन्द्र चौधरी दाङ को कति संभावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *