एमालेमा कसले गर्दैछ रजाइ? शान्ता र गंगाबीच फेसबुकमा ‘वार’

एमाले नेतृ शान्ता चौधरी र पूर्वसांसद गंगा चौधरीबीच फेसबुकमा ‘वार’ परेको छ। गंगाले तुल्सीपुरका पूर्व नगरप्रमुख टीकाराम खड्‍कालाई फेसबुकमा जन्मिदनको शुभकामना दिएकी छन्। सोही पोस्टमा शान्ताले एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताको माया लागेजस्ताो देखाउनुपर्ने रहेछ भन्दै कमेन्ट गरेकी छन्।

शान्ताले एमालेलाई सक्न अनेक गर्ने अहिले फेरि नाटक कसले पत्याउला भन्दै गंगालाई आरोप लगाएकी छन्। जवाफमा गंगाले धेरै चुरीफुरी नगर्न भनेकी छन्। ‘हामीले बनाएको संगठनमा रजाइ गर्न आउनेको ठूलो कुरा। २०४९ सालदेखि एमालेको झण्डा बोकेकी थिएँ। म जहिल्यै पनि अन्यायको विरुद्धमा अवाज उठाउने मान्छे हुँ। मलाई एमालेको नाम लिन रोक्ने तिम्रो यत्रो हिम्मत हो? म मीठो कुरा गर्न जान्दिन, चिप्लो घस्न नजान्ने भएकैले तिमीहरुजस्ताले अवसर पाउने,’ गंगाले भनेकी छन्।

गंगाले अगाडि भनेकी छन्, ‘अब त अति भयो शान्ताजी, तिम्रो बाउको वीरता होइन एमाले। तिमीले भने एमालेको नाम लिन पाउने र तिमीले एमालेको नाम नलेउ भनेपछि नलिने।’

जवाफमा शान्ताले भनेकी छन्, ‘एमालेमा बसेर एमाले सक्ने तिमीजस्तो अवसरवादीले एमाले भन्ने अधिकार छैन।’ त्यसको जवाफ गंगाले दिएकी छन्, ‘अवसरवादी त तिमी हौ। म होइन। पहिले तिम्रो व्यवस्था नगरे म टिकट लिदिनँ भन्ने को हो?’

शान्ता र गंगा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं १ बाट पराजित भएका थिए। एमालेले शान्ता टिकेट दिएपछि गंगाले हाम्रो पार्टीबाट उम्मेदवारी दिएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *