नागरिक उन्मुक्तिको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने, केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्दै

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ। हेडक्वाटरको निर्णयअनुसार महाधिवेशन वैशाख ४ देखि ६ गतगेसम्म हुने भएको हो। त्यसअघि यही महिनाको अन्तिममा केन्द्रीय कार्यसमितिको बैठक बस्ने पार्टी प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

‘यही महिनाको अन्तिमतिर केन्द्रीय कार्यसमिति बैठक बस्ने र राष्ट्रिय महाधिवेशन वैशाख ४ देखि ६ गतेसम्म गर्ने आधिकारिक निर्णय गर्नेछौं,’ उनले थारुवानसँग भने।

नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित चार सिट र प्रदेशसभातर्फ ७ सिट जितेको छ। उसले समानुपातिकबाट मधेस प्रदेशमा एक, लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुई दुई सिट सुनिश्चित गरेको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले सांसदको स्वकीय सचिव नियुक्त गर्ने जिम्मा पनि केन्द्रीय कमिटीलाई दिएको छ। निर्वाचित सबै सांसदको स्वकीय सचिव पार्टीले तोक्ने प्रवक्ता पण्डितले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *