कैलाली २ मा नागरिक उन्मुक्तिको अग्रता, मतान्तर बढाउँदै अरुण चौधरी

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले १४३५ मतान्तरसहित अग्रता लिएका हुन्। ३५ हजार मत गन्दा चौधरीले ११ हजार १४२ मत ल्याएका छन् भने एमाले उम्मेदवार झपटबहादुर रावल ९ हजार ७०७ मतसहित दोस्रो स्थानमा छन्।

माओवादीका भगतबहादुर बढुवाल भने ९ हजार ६४९ मतसहित तेस्रो स्थानमा छन्। नागरिक उन्मुक्ति पार्टीले कैलाली १ र ३ मा क्लीन स्वीप गरेको छ भने बर्दिया २ मा समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *