कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्चिताको जित सुनिश्चित

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। पछिल्लो मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत पाएका छन्। दोस्रोमा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएर तेस्रो स्थानमा छन्।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पनि दुबै सिटमा विजयी सुनिश्चित गरेको छ। प्रदेशसभामा लक्ष्मण चौधरी र कैलाश चौधरी उम्मेदवार रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *