बर्दिया १ मा ठाकुरसिंह थारुको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन्। बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्। ३० हजार ७७५ मत गणनामा थारुले ९ हजार ४४१ र गौतमले ८ हजार ६८० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका लक्ष्मण राज ज्ञवालीले ६ हजार ९६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ३ हजार २०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बारबर्दिया नगरपालिकाको मतगणना सकेर बाँसगढी नगरपालिकाको मतगणना कार्य भैरहेको र बढैयाताल गाउँपालिका तथा गुलरिया नगरपालिकाको मतगणना अझै बाँकी रहेको जनाइएको छ। गणना गरिएको मतमध्ये १ हजार ५४३ मत बदर भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *