पाँच क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता, कैलाली ३ मा विजयी सुनिश्चित

नागरिक उन्मुक्ति पार्टीले कैलालीको ३ वटा र बर्दियाको दुई वटा क्षेत्रमा अग्रता लिएको छ। कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजय नजिक पुगेका छन्। उनी २० हजार २३४ मतहसति अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाउँदा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका छन्।

त्यस्तै कैलाली क्षेत्र नं १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अग्रता लिएकी छन्। उनी ६ हजार ५७९ मतसहित अग्रता लिएकी छन् भने प्रतिद्वन्द्वी रामजनम चौधरीले ४ हजार २६० मत पाएका छन्।

त्यस्तै कैलालीकै क्षेत्र २ मा अरुणकुमार चौधरीले १६६० मतसहित अग्रता लिएका छन्। माओवादीका भगतबहादुर बडुवाल १२६९ मतसहित दोस्रो र एमालेका झपटबहादुर रावलले १०१९ मत ल्याएका छन्।

त्यस्तै बर्दिया क्षेत्र नं १ मा ठाकुर सिंह थारुले ६ हजार दुई सय मतसहित अग्रता लिएका छन्। कांग्रेसका संजयकुमार गौतम ५३४६ मतसहित दोस्रो र एमालेका लक्ष्मणराज ज्ञवाली ४ हजार ४० मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी १६ हजार ४५८ मतसहित अग्रस्थानमा छन्। उनलाई माओवादीका सुरेश पन्थले १० हजार ८९३ मतसहित पछ्याइरहेका छन्। रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्तिले लालवीर चौधरीलाई समर्थन गरेको थियो।

त्यस्तै रुपन्देही क्षेत्र नं १ मा पनि नागरिक उन्मुक्तिका धनिराम चौधरीले सम्मानजनक मत पाइरहेका छन्। उनी अग्रस्थानमा रहेका एमालेका छबिलाल विश्वकर्माभन्दा करिब पाँच सय मतसहित दोस्रोस्थानमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *