थारू आयोगले थारू रत्न र थारू गौरव सम्मान प्रदान गर्दै

थारू आयोगले थारू समुदायका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ। आयोगले थारू रत्न, थारू गौरव र सम्मान तथा प्रोत्साहन पुरस्कार गरी तीन विधामा पुरस्कार प्रदान गर्ने जनाएको छ।

थारू आयोगको चौथो वार्षिकोत्सवको अवसरमा पुरस्कृति गरिने संघसंस्था र व्यक्ति घोषणा गर्ने भनिए पनि निर्वाचन आचारसंहिताका कारण हुन नसकेको आयोगका सचिव कृष्णकान्त उपाध्यायले जानकारी दिए। उनका अनुसार निर्वाचन आचारसंहिता सकेपछि यसको घोषणा गरिनेछ।

सचिव उपाध्यायले थारू रत्न र थारू गौरव पुरस्कारका लागि सिफारिस गर्न आधार तोकिएको बताए। सम्मान तथा पुररस्कार छनौट गर्न आयोगका सदस्यहरुको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिले व्यक्ति, संघ र संस्थाको नामावली आयोगको बैठकमा पेस गर्ने व्यवस्था गरिएको सचिव उपाध्यायले बताए।

उनले सम्मान तथा पुरस्कार प्रदान गर्ने विधि र राशि आयोगले तोकेको जानकारी दिए। आयोगले सम्मानित हुने व्यक्ति र संस्थाको नामा आफ्नो वार्षिकोत्सवमा घोषणा गर्ने र माघी पर्वको अवसरमा उक्त सम्मान प्रदान गर्ने जनाएको छ।




One thought on “थारू आयोगले थारू रत्न र थारू गौरव सम्मान प्रदान गर्दै

  1. खुशीको कुरा भन्न सकिन्छ । सिन्धुलीका कमलाखोज क्षेत्रका दनुवार थारूलाई थारु जातीमा सूचिकृत गरिनु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *