जयरानी थारुलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन्।

उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५.४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन्।

जारी नवौंमा उनको यो तेस्रो स्वर्ण हो । उनले यसअघि महिला ४ सय मिटर हडल्र्स र १ सय मिटर हडल्र्समा स्वर्ण जितेकी थिइन्। ५.४९ मिटर जम्प गर्दै लुम्विनीकी निशा चौधरीले रजत तथा एपिएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य जितिन्। – हाम्रो खेलकुद डटकम साभार




2 thoughts on “जयरानी थारुलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *