वामदेवका ज्वाइँ र काठमाडौंबासी संजय गौतमसँग बर्दिया १ मा ठाकुरसिंह थारुको कडा टक्कर

बर्दिया निर्वाचन क्षेत्र न. १ को संघीय तथा प्रदेश सभा निर्वाचनको महोल तात्तिदै गएको छ। खासगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु गाउँगाउँमा राजनीतिक अभियान सुरु गरेपछि राजनीतिक महोल तात्तिएको हो।

कांग्रेस गठबन्धन र एमालेले आफ्नो संगठन रहेको भन्दै निर्वाचन महोल आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा नागरिक उन्मुक्ति पार्टीले भने नयाँ शिराबाट कार्यकर्ता परिचालन गरिरहेको छ। उसले नयाँ संगठन निमार्ण गर्दै कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा स्थान दिइरहेको छ।

कांग्रेस एमालेका कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेशको लहर बर्दियामा चलेपछि ठूला दलहरु झस्केका छन्  नागरिक उन्मुक्ति पार्टीका उम्मेदवाहरुले कांग्रेस एमालेले पहिचान नदिएको, उत्पीडनमा परेका वर्ग समुदायलाई राजनीतिक अधिकार नदिएको अभियान सुरु गरेपछि कांग्रेस र एमालेका कार्यकर्ताहरु पार्टी परित्याग गर्ने लहर चलेको छ। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीको लहर चलेपछि कांग्रेस र एमाले बर्दियामा कमजोर बन्दै गएको छ।

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट बर्दिया निर्वाचन क्षेत्र न. १ संघका उम्मेदवार ठाकुरसिंह थारुले सबै जात र समुदायको पहिचानका लागि संघर्ष जारी रहेको बताए  उनले आफ्नो पार्टी थारुहरुको मात्र नभई उत्पीडनमा परेका सबै समुदायलाई समेट्न उदेश्य रहेको जनाए। ‘मेरो उम्मेदवारी सबै समुदायलाई जोड्ने मात्रै नभई सम्बृद्ध बर्दिया बनाउनका लागि हो,’ उनले भने।

कांग्रेसबाट यसअघि प्रतिनिधिसभा सदस्यमा विजयी भएका संजय गौतम फेरि पनि निवार्चनमा उठेका छन्। उनले २०७४ मा बर्दियाका विकासका लागि भोट मागेका थिए। तर, जितिसकेपछि एक पल्ट पनि गाउँ घुम्न नआएको भन्दै मतदाता आक्रोसित छन्। उनले झुठो आश्वासन दिएर चुनाव जितेको भन्दै मतदाताले यसपल्ट सवक सिकाउने प्रतिक्रिया दिइरहेका छन् । ‘संजय गौतम कसरी भोट माग्न आउँछन्। झुठ बोल्ने,’ स्थानीय गुलाव चौधरी भन्छन्।

एमालेका उम्मेदवार लक्षमण ज्ञवाली यसपल्ट निर्वाचन महोलमा निकै पछि परेका देखिन्छन्। उनी बर्दिया १ बाट पटकपटक निर्वाचित बामदेव गौतमका ज्वाई हुन्। एमालेका जिल्ला कमिटी सदस्य ठाकुरसिंह थारुलगायत सयौँ कार्यकर्ताहरु एमाले छोडेर नागरिक उन्मुक्ति पार्टीमा होमिएपछि एमाले कमजोर देखिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *