१५ सय मिटर दौडमा फूलमति रानाले जितिन् स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेकी छन्। पोखरा रंगशालाका र्ट्याकमा भएको दौडमा फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्।

त्यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन्। ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन्।

शनिबार बिहानदेखि सुरु भएको एथ्लेटिक्सको १० हजार मिटरमा बागमतीकी सन्तोषी श्रेषठले संवरण, पुलिसकी राजपुरा पछाईले रजत र एपीएफकी पुष्पा भण्डारीले कास्य पदक जितेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *