निशाले चौधरीले २३ वर्षअघिको रेकर्ड तोड्दै बनाइन् नयाँ कीर्तिमान

लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन्। उनले १२.१५ सेकेन्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

यसअघि देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा कीर्तिमान राखेकी थिइन्। देवी मायाले यसअघि १९.१९ सेकेन्डको कीर्तिमान राखेकी थिइन्। महिलाततर्फ १ सय मिटर दौडमा १९ जना सहभागी छन्।

आज नै अन्तिम चरण पनि हुनेछ। एथ्लेटिक्समा आज १० हजार मिटर दौड, १५ सय मिटर दौड र सटपुट पनि हुँदैछ। ४ सय मिटर दौडको हिट पनि अब हुनेछ। – हाम्रो खेलकुद डटकमबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *