प्रदेशसभामा नयाँदेखि हेभिवेट थारू नेताहरूबीच प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका २८ जना थारू नेताहरू प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। सबैभन्दा धेरै नेकपा एमालेबाट १५ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जनता समाजवादी पार्टीबाट दुई जना रहेका छन्।

एमालेबाट मोरङ क्षेत्र ४.१ मा जयप्रकाश चौधरी, सप्तरी १.१ मा राजकुमारी लेखी, सप्तरी ४.१ मा बालकृष्ण चौधरी थारु, सिरहा १.१ मा राजेन्द्र प्रसाद चौधरी, रौतहट ४.१ मा अखिलेश्वर चौधरी, बारा १.१ मा त्रिलोकी चौधरी, बारा २.१ मा बलवीर चौधरी, बारा ४.१ मा देवनारायण चौधरी, पर्सा ४.१ मा जयप्रकाश चौधरी, रुपन्देही ३.२ मा तुलसी प्रसाद चौधरी, बाँके १.२ मा दुर्गाप्रसाद चौधरी, बर्दिया २.१ मा लहनु थारु, बर्दिया २.२ मा कृष्णी थारु, कैलाली ५.१ मा नेपालु चौधरी र कञ्चनपुर २.२ मा कृपा राम राना रहेका छन्।

त्यस्तै कांग्रेसबाट पर्सा ४.१ मा शंकरप्रसाद चौधरी, दाङ ३.१ मा डिल्लीबहादुर चौधरी, बाँके १.२ मा फूलाराम थारु, बर्दिया १.१ मा भुवनेश्वर चौधरी, कैलाली ३.१ मा खेम राज डंगौरा थारु र कञ्चनपुर १.१ मा बन्धु राना रहेका छन्।

त्यस्तै माओवादीबाट सुनसररी २.१ मा द्वारिक लाल चौधरी, सप्तरी १.१ मा बेचन प्रसाद चौधरी, दाङ १.१ मा इन्द्रजीत थारु, बर्दिया १.२ मा अन्जु दहित र बर्दिया २.२ मा मानबहादुर थारु रहेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीबाट रौतहट ३.१ मा पूजा चौधरी र कैलाली १.१ मा भगतराम थारु रहेका छन्।




One thought on “प्रदेशसभामा नयाँदेखि हेभिवेट थारू नेताहरूबीच प्रतिस्पर्धा

Leave a Reply to Mahendra chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *