बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारीद दिएकी छन्।

टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ।

त्यस्तै कैलाली क्षेत्र नं‌ ५ बाट उम्मेदवार बनेका लक्ष्मण थारुको उम्मेदवारीसमेत खारेज भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *