नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् ६० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

जसअनुसार खसआर्यको पहिलो नम्बरमा पार्टीको कोषाध्यक्षसमेत रहेकी कोमल ज्ञवाली रहेका छन्। दोस्रो नम्बरमा हिमाञ्जलराज भट्टराई रहेका छन् भने तेस्रो नम्बरमा नेपाली कांग्रेसका पूर्वसांसद समेत रहेकी पार्वता डीसी चौधरी रहेकी छन्। उनले कांग्रेसबाट विद्रोह गरेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

त्यस्तै आदिवासी जानजातितर्फ तुलसा वाइवा र धावा गुरुङ रहेका छन् भने थारु कोटातर्फ इन्दु चौधरी, करिश्मा कठरिया र पुरुषतर्फ प्रेमराज चौधरी रहेका छन्।

त्यस्तै दलिततर्फ ललित तम्राकार र उल्कादेवी विक रहेका छन् भने मधेसीतर्फ मञ्जली कुमारी यादव र चन्द्रकला महतो रहेका छन्। मुस्लिमतर्फ भने लुवाना सिद्दिकी र रामशंकर माधव दासी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *