नागरिक उन्मुक्तिले टुंग्यायो उम्मेदवार, संघ र प्रदेशमा ३५० जनाले उम्मेदवारी दिँदै

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार पार्टीको बैठकले ५१ जिल्लामा ३५० जना उम्मेदवारको टुंगो लगाएको हो।

यसअघि ४० जिल्लामा उम्मेदवारी दिने पार्टीका नेताहरुले बताउँदै आएका थिए। ‘५१ जिल्लामा ३५० जना उम्मेदवारको टुंगो लगाएका छौं,’ अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्। उनका अनुसार आज भोलि बेलुकासम्म उम्मेदवारको टिकट वितरण गरिसकिने छ।

स्थानीय तह निर्वाचनमा चार पालिका जितेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको छ। आसन्न संघ तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र सामानुपातिक गरी २५ सिट जित्ने दाबी पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको दाबी छ। उनले कैलाली, कञ्चनपुर, बर्दिया क्लिनस्वीप गर्ने दाबी गरेका छन्।

त्यस्तै बाँके, दाङ, कपिलवस्तुलगायत तराई विभिन्न जिल्लामा पनि प्रत्यक्षतर्फ सिट ल्याउन दाबी गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा सरकार नै बनाउने दाबी उनको छ। नागरिक उन्मुक्ति पार्टीको सिटले आगामी राष्ट्रपति चुनाव र राष्ट्रिय सभा निर्वाचनलाई समेत प्रभाव पार्ने उनको ठम्याइ छ।




2 thoughts on “नागरिक उन्मुक्तिले टुंग्यायो उम्मेदवार, संघ र प्रदेशमा ३५० जनाले उम्मेदवारी दिँदै

  1. हेपिएका, शोषित , पिडित जनताको अधिकार को लागि यो पार्टीको जन्म भएको हुनाले मुलुकको चौथो ठूलो पार्टी बन्ने लगभग निश्चित प्रायः छ । जय नागरिक !

Leave a Reply to श्याम कुमार चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *