देउखुरीका प्रख्यात डाक्टर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी घोषणा गरेसँगै दाङको क्षेत्र नं १ तीव्ररुपमा चुनावी अभियान गरिरहेका छन्। उनी उत्पीडित समुदायमाझ राजनीतिक जागरणको अभियान सञ्चालन गरिरहेका छन्।

त्यतिमा होइन, देउखुरी क्षेत्रका थारू अगुवाहरूलाई पार्टी प्रवेश गराउने अभियानमा पनि जुटेका छन्। सोही क्रममा शुक्रबार इन्डोक्रोनोलोजिस्ट डा. सुनिल चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनी चिकित्सकीय पेसमार्फत् निरन्तर समाजसेवामा लागिपरेका छन्।

डा. चौधरीलाई वरिष्ठ नेता चौधरीले पार्टी प्रवेश गराएका थिए। ‘समाजका गहना , समाजको हिराहरुको पहिचान गरी नागरिक उन्मुक्ती पार्टीमा जोड्ने अभियान निरन्तर जारी छ। यही अभियानमा आज असोज १४ गते मेरो बाला पनको साथी Sr. Endocrinologist ( सुगर, थाइरोइड, हर्मोन रोग विशेषज्ञ ) डा. सुनिल चौधरी हाम्रो पार्टीमा विधिवतरूपले जोडिनु भएकोमा सम्पूर्ण पार्टी तप्का गौरवाञ्वित भएको छ। उहाँलाई हाम्रो पार्टीमा विशेष स्वागत छ,’ सुरेन्द्र चौधरीले लेखेका छन्।




One thought on “देउखुरीका प्रख्यात डाक्टर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  1. धेरै धरै धन्यवाद तथा बधाईछ डाँ. साहवलाई

Leave a Reply to जय प्रकाश चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *