जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्ष बने श्यामेश चौधरी

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी ब्यवस्थापन जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्षमा श्यामेश चौधरीलाई मनोनित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार प्राधिकरण सञ्चालन कार्यबिधिअनुसार उहाँलाई चार बर्षका लागि सो पदमा मनोनित गरेको हो।

समितिमा विभिन्न मन्त्रालयले तोकेका अधिकृतस्तरका कर्मचारीसहित ११ सदस्यीय सञ्चालक समिति रहने ब्यवस्था छ। जसको सदस्य सचिव इञ्जिनियर रहने व्यवस्था छ।

अध्यक्ष चौधरीले जग्गा एकीकरण नियमावलीअनुसार जग्गा एकीकरणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा राजधानी व्यवस्थापनका लागि जग्गा एकीकरण कार्यक्रम सञ्चालन हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *