बहुल राष्ट्रिय समाजवादी पार्टीले मनायो कालो दिवस, अधिकार बिनाको संविधान मान्दैनौं : किशोर विश्वास

बहुल राष्ट्रिय समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ। सुनसरीको दुहबीमा विरोधसभाको आयोजना गरेर सो पार्टीले संविधानको विरोध गरेको हो।

बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर विश्वासले संविधानमा थारूको अधिकारलाई वञ्चित गरिएको बताए। उनले प्रमुख राजनीतिक दललाई षडयन्त्रकारीको आरोपसमेत लगाए। उनले उत्पीडित जाति वर्गको हितमा नबनेसम्म संविधानलाई विरोध गर्नुपर्ने बताए।

त्यस्तै आजै थारुहट थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले पनि संविधान दिवसको अवसरमा कालो दिनको रूपमा मनाएका छन्।

कैलालीको लम्कीचुहामा संविधान दिवसलाई कालो दिन (ब्ल्याक डे)को रुपमा मनाइएको छ। मोर्चाका संयोजक माधव थारुले संविधानका केही धाराहरुमा आफूहरुको असहमति रहेको बताए। धारा १८, धारा ४२, धारा ५६, धारा २७६ र अनुसूची ४ मा आफुहरुको असहमति रहेको चौधरीले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *