अमेरिका टेक्सासका थारू महिलाले मनाए जितिया पर्व

अमेरिकाको टेक्सासमा बस्ने थारूहरुले जितिया पर्व मनाएका छन्। थारू महिलाहरुको महान् पर्व जितियाको अवसरमा टेक्सास्थित थारूहरुले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी मनाएका हुन्।

टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायको बस्ती बाक्लिदै गइरहेका बेला थारु युवाहरुको सक्रियतामा हालै गठित टेक्सास थारु सोसाइटीले यस कार्यक्रमको आयोजना गरेको हो।

अघिल्ला वर्षहरुमा घरमै परिवारजनबीच मनाइँदै आएको जितिया पर्व यस वर्ष भने सामूहिकरुपमा मनाइएकव हो। टेक्सासमा बस्ने थारु महिलाहरुले परम्परागत पहिरनमै सजिएका थिए।

‘कार्यक्रममा दिदीबहिनीहरु आफ्नै मौलिक थारु पोसाक र गहनामा सजिएर आउनुभएको थियो। कार्यक्रममा झाम्टा नृत्य तथा साँकृतिक प्रस्तुतिहरु गरिएको थियो। पहिलो पटक यसरी सँगै मनाइएको जितियाको यो कार्यक्रमलाई आउने वर्षमा पनि निरन्तरता दिन्छौं,’ सोसाइटीकी महासचिव गीता महतोले बताइन्।

जितिया पर्व तराईमा मनाइने साँस्कृतिक पर्वमध्येको एउटा मुख्य पर्व हो। यसलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तराईमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *