खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। समितिले बारा क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो।

समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।

अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्। उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ। तीनै जनालाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको यादवले जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *