थारू समुदायका लागि बाँकेमा सिकलसेल अस्पतालको शिलान्यास

बाँकेको जानकी गाउँपालिका-३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।

उक्त अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणी चौधरीले आज शिलान्यास गरेका छन्। उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए। पश्चिम तराई बाँके, बर्दियालगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन्।

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु स्वास्थ्यकर्मीको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोगसमेत गरेका छन्।

सो रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन्। सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन्।

बाँकेको कोहलपुर, राप्ती सोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले त्यहाँ यसका बिरामी बढी देखिएका छन्। सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ।




One thought on “थारू समुदायका लागि बाँकेमा सिकलसेल अस्पतालको शिलान्यास

  1. अति उत्तम कामको थाल्नी सिकलसेल अस्पतालको माननिय मंत्रीज्यूवाट सिलन्यास भएर भएको छ।यस कामका लागि सवै क्षेत्रवाट सहयोग प्राप्त भई शिघ्र अस्पताल संचालनमा आउन सकोस्!! हार्दिक कामना छ।🙏😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *