युवा नेतृ राधा चौधरीले छोडिन् कांग्रेस, उमाकान्तको क्षेत्रमा उम्मेदवारी दिने

बाराकी थरुहट नेतृ राधा चौधरीले नेपाली कांग्रेस परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जालबाट आफूले कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेकी छन्। थरुहट आन्दोलनबाट राजनीतिमा लागेकी उनले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा आबद्ध भएकी थिइन्।

उनले अघिल्लो निर्वाचनमा कोल्हबी नगरपालिकामा उपमेयरको उम्मेदवारसमेत बनेकी थिइन्। जिल्लामा सामाजिक र राजनीतिक पहिचान बनाएकी उनले आगामी निर्वाचनमा प्रदेशसभाबाट उम्मेदवारी दिने तयारीमा जुटेकी छन्।

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उनले उमाकान्त चौधरीको क्षेत्रमा प्रदेशतर्फ उम्मेदवारी दिने चर्चा छ।

उनले फेसबुकमा लेखेकी छन्, ‘म राधा चौधरी थरुहट आन्दोलनदेखि नै थारु समुदायको हक अधिकारका लागि अग्रपंक्तिमा रहेर खटिँदै आएको जगजाहेर छ। थारु समुदायको अधिकार माग्दैगर्दा मलाई विभिन्न पार्टीमा डोर्‍याउँदै लग्यो। यसबीचमा म नेपाली कांग्रेसमा आबद्ध रहेको थिएँ। तर आजकै मितिदेखि नेपाली कांग्रेस पार्टीसँगको यात्राबाट पूर्णरूपमा बिराम लिएको छु। पार्टीका साधारण सदस्यसम्म नरहनेगरी परित्याग गरेको घोषणा गर्दछु। आजसम्मको यात्रा सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण नेता, साथी र पार्टीका सदस्यहरु शुभचिन्तकहरुमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। म जुनसुकै पार्टीमा भए पनि थरुहट-मधेस आन्दोलन र थारू-मधेसीको अधिकारको लागि सधैं लडिरहनेछु। हाम्रो साथीभाइसँगको व्यक्तिगत सम्बन्ध सधैं रहिरहने छ। आगामी दिनमा कुनै न कुनैरुपले तपाइँहरुसँग जोडिने नै छु।’




One thought on “युवा नेतृ राधा चौधरीले छोडिन् कांग्रेस, उमाकान्तको क्षेत्रमा उम्मेदवारी दिने

  1. incredible step radha chaudary ju.khusi laagyo.tapai jasto ko aagman le hamro samudaya ma thap prerna milne chha.

Leave a Reply to Manoj chaudhari Cancel reply

Your email address will not be published. Required fields are marked *