भदौ ७ को कार्यक्रममा एक्यबद्धता जनाउन थारु नेताहरुलाई अध्यक्ष रञ्जिताको अपील

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरमा भदौ ७ र ८ गते हुने कार्यक्रममा एक्यबद्धता जनाइदिन आग्रह गरेकी छन्। एकै ठाउँमा दुई वटा कार्यक्रम हुने भएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ। रेशम चौधरीको नेतृत्व रहेको नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति जारी गर्दै भदौ ७ गते कार्यक्रम आयोजना गर्ने जनाएको थियो।

लगत्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि सोही दिन सोही ठाउँमा कार्यक्रम गर्ने घोषणा गरेको थियो। हालै टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक अध्यक्ष माधव थारुले थाकस कैलाली र थारु विद्यार्थी समाजसहित संयुक्तरुपमा कार्यक्रम गरिने जानकारी दिएका थिए।

कसैले मन नपाए पनि थारु पहिचानको आन्दोलनको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भन्दै अध्यक्ष रञ्जिताले कुनै आग्रह पूर्वाग्रह नराखेर थारु एकता कायम राख्न आग्रह गरेकी हुन्।

‘थारु मुभमेन्टलाई देशभरि स्थापित, व्यापक, परिचित र प्रभावकारी बनाई चिनाएको नागरिक उन्मुक्ति पार्टी जन्मेको थोरै सम मै कैलालीमा ४ पालिका जितेको छ। अब कसैले मन नपराए पनि थारु पहिचानको आन्दोलनको नेतृत्व नागरिक उन्मुक्तिले नै गर्ने छ। त्यसैले कुनै आग्रह पूर्वाग्रह नराखेर थारु एकता कायम होस् भन्न चाहन्छु,’ उनले भनेकी छन्।

आम नेपाली जनता र विशेषत टीकापुरबासीको भावनालाई सम्मान, माया र अपनत्त्व जनाउँदै टीकापुरमा कार्यक्रम गर्न लागिएको उनले उल्लेख गरेकी छन्।

‘म रञ्जिता श्रेष्ठ चौधरी अहिले व्यक्ति नभई एक दलको प्रतिनिधि हो, उसरी संस्था हो। तसर्थ कैलालीको स्थानीय तहको नतिजाअनुसार पहिलो दल भएको नाताले पनि हाम्रो नेतृत्वमा हुने कार्यक्रममा सबैले अपनत्व लिइदिन र सबै सम्माननीय थारु व्यक्तित्वहरुलाई अफ्ठयारो नमानी उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुहुन विनम्रका साथ अनुरोध गर्दछु,’ उनले भनेकी छन्।




2 thoughts on “भदौ ७ को कार्यक्रममा एक्यबद्धता जनाउन थारु नेताहरुलाई अध्यक्ष रञ्जिताको अपील

  1. ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन थरुहट तराई पार्टी, नेपाल (“ढकिया”) विरुद्व
    थारु नेताहरु नै लागेका थिए । कोही रुख, कोही सुर्य, कोही हसियाँ हथौड़ा, कोही हलो, कोही मसाल, कोही
    जोडा गोरु, कोही पँजा लिएर थारु नेताहरु नै थारु समुदाय विरुद्व निर्मम तरिकाले लागेका दुखद क्षण सम्झदा
    मन कुटुकुटु खान्छ ।
    पार्टीभित्र रहेका अधिक्तर अवसरवादी थारु नेताहरुपनि सुनियोजित ढंगले फोरमसित पार्टी एकीकरण गरेर २०७४ सालको
    स्थानीय निर्वाचनमा चुनाव लड्न नपाउनेगरि पार्टीलाई नेपाली काँग्रेसमा विलय गराए । त्यसैले विगतमा को कहाँ थियो ?
    र के गर्यो ? र आज कहाँ छ ? र के गर्दैछ ? विचार गरेर मात्र साथ र सहयोग गरौं ।
    अन्यथा समग्र थारु समुदायमाथि अन्याय अत्याचार हुँदा केहिपनि नबोल्ने थारु नेताहरु व्यक्तिगत रुपमा आफूमाथि परेपछि
    मात्रै थारु समुदाय र थरुहट गुहार्ने विगतका तितो अनुभव हामीसित छ ।

  2. थरुवट मोर्चा र थारु कल्याणकारी सभा बर्सेनि को कार्यक्रम लाई एक पार्टी ले कसरी स्वामित्व लिन मिल्छ ।बिगत को इतिहास बिर्सेर मितायर एक्लै इतिहास स्थापित गर्न कुनै पनि सह अस्तित्व स्वीकार्न सक्दैन ।

Leave a Reply to दिनेश Cancel reply

Your email address will not be published. Required fields are marked *