टीकापुरमा नागरिक उन्मुक्ति पार्टी र थरुहट थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम

थारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि भदौ ७ गते थारु सम्बद्ध संघसंस्थाले कार्यक्रम गर्ने बताएको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुरको खुला मञ्च र लम्की बजारमा कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रम संयोजक ललित ताम्राकारका अनुसार घटनाको स्मरण गर्ने गराउने र आपसी सद्‍भाव कायम गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

त्यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमै कार्यक्रम गर्ने भएको छ। थारु कल्याणकारिणी सभाका काबा अध्यक्ष माधव थारुका अनुसार टीकापुरमा भदौ ७ गते दिउँसो १ बजे कार्यक्रम आयोजना गरिँदैछ।

त्यस्तै सोही दिन बहुल राष्ट्रिय समाजवादी पार्टीले सुनसरीमा बृहत् प्रदर्शन गर्दैछ। हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीका अध्यक्ष किशोर विश्वासले विरोधसभा हुन लागेको जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *