प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितको टोलीले मंगलबार आयोगमा दल दर्ता गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले अधिकांक्ष क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। यो पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिका जितेको थियो। कैलालीमामात्र यो पार्टीबाट ९९ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गर्न आह्वान गरिसकेको छ। आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *