राजु चौधरीलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’

यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल देवान (सुनसरी, छापा माध्यम) लाई प्रदान गरिने भएको छ। त्यसैगरी सोही पुरस्कार अनिल गुरुङ, काठमाडौँ (अनलाइन), राजु चौधरी, चितवन (टेलिभिजन) र अप्सरा समाल, उदयपुर (रेडियो) लाई प्रदान गरिने भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले प्रदान गर्ने ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान-२०७९’ ‘बुङ्वाखा’ मासिक, काठमाडौँलाई प्रदान गरिने भएको छ। फोनिजले आज प्रेस विज्ञप्ति जारी गरी फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने जानकारी दिएको हो।

फोनिजले पुरस्कार तथा सम्मान छनोट गर्न निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहनुभएको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो । पुरस्कार र सम्मान फोनिजको २३ औँ स्थापना दिवसको अवसरमा यही साउन २७ गते काठमाडौँमा आयोजना हुने मूल समारोहमा प्रदान गरिने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *