यस्ता छन् मोर्चाले गरेका निर्णयहरु

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कार्यबाहक संयोजकको जिम्मेवारी श्रवण थारुलाई दिएको छ। संयोजक लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कार्यबाहकको जिम्मेवारी थारुलाई दिने निर्णय भएको माधव थारुले जानकारी दिए।

उनका अनुसार मोर्चा केन्द्रीय समितिमा टिकापुर राजबन्दी संगम थारु, नन्दुराज चौधरीलगायत २३ जनालाई सदस्यमा मनोनयन गरेको छ।

त्यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाले विगतदेखि गर्दै आएको थरुहट थारुवान आन्दोलनलाई निरन्तरता दिँदै भदौ ७ गते ‘टीकापुर विद्रोह दिवस’ र असोज ३ गते ‘कालो दिन’का रुपमा देशब्यापी कार्यक्रम गर्ने भएको छ।




3 thoughts on “यस्ता छन् मोर्चाले गरेका निर्णयहरु

  1. एकदम राम्रो । विगतमा समग्र थारु र थरुहटलाई धोका दिएका लक्ष्मण जीको के भर् ? यदि लक्ष्मण जी टीकापुर घटनामा नमुछिएकोभए गच्छदार संगै आज कांग्रेस नै हुन्थे ।
    अधिकत्तर थारु नेताहरु व्यक्तिगत रुपमा आफूमाथि पर्दा थारु र थरुहटको नारा बोक्ने तर थारु र थरुहटको बलमा राजनीतिक उचाईं बढिसकेपछि व्यक्तिगत स्वार्थपूर्तिकोलागि थारु र थरुहटलाई लात हानेर राजनीतिक दललाई साथ दिने गरेको पाईयो।
    स्मरण रहोस् टिकापुर घटनामा मात्रै थारुहरुलाई फ़साईएको छैन । विभिन्न समयमा भएको थरुहट आन्दोलनको क्रममा धेरै जिल्लाका थारुहरुलाईपनि
    फ़साईएको छ, र आन्दोलनको क्रममा फसाउन नसकेकोलाई सुनियोजित रुपमा अगाडी पछाडी अन्य मुद्दामापनि फ़साईएको छ ।

Leave a Reply to Tika chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *