‘थारु कोटासम्बन्धी मुद्दा लड्न थाकसलाई आर्थिक सहयोग गरौं’

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले आर्थिक सहयोगको अपील गरेको छ। थारु कोटासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक रकम जुटाउन सभाले आर्थिक सहयोगको अपील गरेको हो।

सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रत्येक पेसीमा हजारौं रुपैयाँ खर्च भइरहेको बताए। सभाले गत पुस ११ गतेदेखि निरन्तर थारु कोटासम्बन्धी मुद्दा लड्दै आइरहेको छ। सभाको तर्फबाट हालसम्म २० वटा रिट दायर गरिएको छ। सभाले मन्त्रिपरिषद्, सात वटा मन्त्रालय, लोक सेवा आयोग, थारु आयोग, शिक्षा सेवा आयोग, नेपाली सेना, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, बाणिज्य बैंक, नेपाल बैंक, दूर सञ्चार, प्रदेश १, कर्णाली प्रदेश, बागमती प्रदेशलाई विपक्षी बनाएर रिट दायर गरेको छ। सभाको तर्फबाट महामन्त्री चौधरी र अधिवक्ता श्रवण चौधरीले रिट दायर गरेका हुन्। कतिपय रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत दिएको अवस्था छ।

सभाको तर्फबाट मुद्दाको संयोजन गरिरहेका थारु बद्धुजीबि कुछत नारायण चौधरीले केही रकम सहयोग जुटेको बताए। उनले मुद्दाको अन्तिम किनारा नलागेसम्म थप उपायहरुसहितको योजना बनाउनुपर्ने भएकाले आर्थिक सहयोग जरुरी देखिएको बताए। उनले थारु समुदायकै लागि यसपटक सुनौलो अवसर भएकाले खर्च जुटाइदिन थारु समुदायसँग अपील गरे। ‘यो हाम्रो सन्ततीका लागि गरिएको लडाइँ हो। यसमा हामी सबैको हातेमालो हुनु आवश्यक छ। थारु कल्याणकारिणी सभा माध्यममात्र हो। उसको माध्यमबाट हामीले अवसरलाई जितको रुपमा बदल्न सक्नुपर्छ,’ उनले भने। उनले पैसाको सबै हिसाब किताब आफूले हेर्ने भएकाले पारदर्शीलाई ध्यानमा राखेको बताए। ‘आर्थिक सहयोग जुटेका प्रत्येक हिसाब मैले राखेको छु। कसैले मागेको क्षणभरमै मैले हिसाब देखाउन सक्छु,’ उनले भने, ‘हाम्रा सन्ततीका निम्ति सहयोगको खाँचो परेकाले सबैले सकेको सहयोग गरिदिनुहोला।’

सर्वोच्च अदालतले थारु कोटा सम्बन्धी मुद्दामा साउन १८ गते पूर्ण सुनुवाई तोकेको छ। थारु कोटा सम्बन्धी मुद्दामा थारु समुदायले माग गरेको जनसंख्याको अनुपातमा कोटा पाउँछ कि पाउँदैन भन्ने कुरा १८ गते थाहा भइ नै हाल्छ।

इच्छुक व्यक्ति वा संस्थाहरुले तलको पत्रमा उल्लेखित बैंक खातामा सहयोग गर्न सक्नुहुन्छ।

 




One thought on “‘थारु कोटासम्बन्धी मुद्दा लड्न थाकसलाई आर्थिक सहयोग गरौं’

Leave a Reply to Ritesh chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *