ठुम्रार साहित्यक बखेरीमा गञ्जियो कविता, गजल र संगीत

ठुम्रार साहित्यको बखेरीको ९१औं भाग आज बाचन गरिएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको विशेष आयोजनामा काठमाडौंको सीसीआरसी कलेजमा आयोजना भएको शृंखलामा सहभागीहरुले साहित्यिक रचना बाचन गरेका थिए।

कोराना महामारीले प्रभावित गरेपछि दुई वर्षपछि कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा सांगीतिक प्रस्तुती पनि दिइएको थियो। कार्यक्रममा कृष्णराज सर्वहारी, भुलाई चौधरी, सुशील चौधरी, सत्रुघन चौधरी, शिव प्रसाद  चौधरी, सीताराम चौधरी, प्रकृति चौधरीलगायतले कविता गजल वाचन गरेका थिए। त्यस्तै समीक्षा चौधरी, सोनु कुश्मी, कञ्चन चौधरीलगायतले सांगीतिक प्रस्तुती दिएका थिए।

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायले आफ्नो नेता चयन गर्नुपर्ने बताएका थिए। उनले थारु समुदायको नेतृत्व थारुले नै गर्नुपर्ने धारणा राखेका थिए। ‘यतिबेला थारु समुदायमा नेतृत्व गर्नेहरुको कमी छ। थारुहरुको नेतृत्व गर्न थारु नेताको आवश्यकता छ। हामीले हाम्रो नेतृत्वकर्ता चयन गर्नुपर्छ,’ उनले भन।

चम्पन साँस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले स्वागत मन्तव्य गरेको कार्यक्रममा लेखक सत्रुघन चौधरीले ठुम्रार साहित्यिक बखेरीको विगतबारे चर्चा गरेका थिए।

त्यस्तै राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष विनय वैद्यले थारुहरुको जमघट गराउने थलोको रुपमा ठुम्रार साहित्यिक बखेरीलाई अगाडि बढाउने बताए। उनले कोरोनाकालपछि अझ परिस्कृतरुपले अगाडि बढाउन र काठमाडौं‌ उपत्यकाका थारु साहित्य प्रेमीहरुलाई एकै ठाउँमा गोलबद्ध गराउन यो प्रयास थालिएको बताए।

कार्यक्रममा पूर्व-पश्चिम दुवैतिरका थारुहरुले साहित्यिक रचना वाचन गरेका थिए। काठमाडौंमा साहित्यिक शृंखला गर्दै आएको बसघराका सर्जकहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *