थारू लोकसाहित्य प्रकाशित

लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ।

यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ। त्यस्तै, डेसौरी थारू लोकसाहित्यबारे पवनकुमार थारू, कठरिया थारू लोकसहित्यबारे विष्णुप्रसाद कठरिया तथा रानाथारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमती कुमारी रानाको लेख रहेको छ।

पुस्तकका सम्पादक डा.कृष्णराज सर्वहारीका अनुसार समाविष्ट सबै लेखको थारू भाषामा अनुवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुस्तकले मदद्त गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *