रंगकर्मी एवं पत्रकार इन्द्र चौधरीद्वारा लिखित किताब सार्वजनिक

रंगकर्मीको छबि बनाएर पत्रकारिता गरिरहरेका इन्द्र चौधरीको किताब प्रकाशनमा आएको छ। उनले लेखेको ‘राना थारु समुदायमा प्रचलित लोककथा र मिथक’ नामक किताब नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।

नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मुख्य बसोबास रहेको रानाथारु समुदायमा रहेको प्रचलित लोककथा र त्यसको मिथकबारे किताबको मुख्य विषयवस्तु बनाइएको छ।

‘लोकसमुदायद्वारा रचना गरिएका र मौखिक परम्परामा जीवित परप्परित कथाहरु नै लोककथा हुन्। यसमा लोकआस्था, लोकविश्वास, लोकसँस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्छन्, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो। एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत् हुने गर्छ। त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन यसलाई लिपिबद्ध गरी संरक्षणको आवश्यक छ।’

उनले डँगौरा थारु परिवारमा जन्मिए पनि रानाथारु क्षेत्र बाहुल्य क्षेत्र रहेकाले आफू त्यसकै प्रभावमा हुर्केबढेको उल्लेख गरेका छन्। ‘सानैदेखि रानाथारु समुदायको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज पनि सुक्ष्म ढंगले नियाल्ने र बुझ्ने मौका पाएँ तर वर्तमान समयमा आधुनिकताका प्रभावले ती लोकपरम्परा बिस्तारै लोप हुँदै गएको देख्दा मलाई यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो र लोककथा संकलन गर्न थाले। केही फुटकर कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि भयो,’ उनले भने।

किताबमा रानाथारु समुदायमा प्रचलित ‘करमुआ और सपनो’, ‘सदासुर्का और सदाबिर्छ’, ‘सेराकी निसाफ’, ‘राजा नल’, ‘सोरठ’लगायत लोलकथा समावेश छन्। किताबको मूल्य १८५ रहेको छ।




2 thoughts on “रंगकर्मी एवं पत्रकार इन्द्र चौधरीद्वारा लिखित किताब सार्वजनिक

Leave a Reply to Dipendra Cancel reply

Your email address will not be published. Required fields are marked *