थारु बोयजले जित्यो ५१ हजार राशिको थारु फुट्सल प्रतियोगिता

डायनामाइट फुटबल क्लबले सीक्स एक साइड थारु फुट्सल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा थारु बोयजले उपाधि जितेको छ। उसले डायनामाइटलाई हराउँदै उपाधि जितेको हो। विजेता थारु बोयजले ५१ हजार नगर राशि र ट्रफी जिते भने दोस्रो हुने डायनामाइटले २६ हजार दगद र ट्रफी जितेको थियो।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारु युवाहरुलाई फुटबल खेल्न प्रेरित गरे। प्रमुख अतिथिसमेत रहेका उनले फुटबल रोमाञ्चक खेल भएको र यसले शारीरिक तन्दरुस्त राख्न मद्दत गर्ने बताए।
‘फुटबल रोमाञ्चक खेलमात्र होइन। यसले शारीरिक तन्दरुस्ती राख्न पनि मद्दत गर्छ। म सबै थारु युवाहरुलाई फुटबल खेल्न आह्वान गर्छु,’ उनले भने।

उनले यसखाले प्रतियोगिताले निरन्तरता पाउनुपर्ने बताए। ‘काठमाडौंमा यस्तखाले प्रतियोगिताले निरन्तरता पाउनुपर्छ। सबै युवालाई समेट्नु पनि पर्छ। आगामी दिनमा पनि यस्ता खेलले निरन्तरता पाए म सहयोग गर्न तयार हुनेछु,’ उनले भने।

यस प्रतियोगितालाई सांसद चौधरीले आर्थिकरुपमा पनि सहयोग गरेका थिए। उनी संस्थापक रहेको नाइटिङ्गेल स्कुलले प्रतियोगितका लागि मुख्य स्पोन्सर गरिदिएको आयोजकमध्येका एक विमल चौधरीले जानकारी दिए। प्रतियोगितामा १६ वटा टिम सहभागी थिए।




One thought on “थारु बोयजले जित्यो ५१ हजार राशिको थारु फुट्सल प्रतियोगिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *