दुबईमा खेम नारायण महतोको दुःखद अवसान, पहिचान नखुल्दा सात महिना बाकसमै शव

नवलपरासी मध्यविन्दु-२ कोल्हुवाका खेम नारायण महतो भिजिट भिसामा युएई गएका थिए। सन् २०१७ मा उनले उनले अवैधरुपमा एक जना नेपालीको कम्पनीमा काम गर्न थाले। त्यहाँको आजाद भिसा लिएर बस्ने उनको मनसाय पनि थियो। तर न उनले आजाज भिसा बनाए, न उनको भिजिट भिसाको म्याद रहन्यो। उनी अवैधरुपमा त्यहाँ बस्दै आएका थिए। देवेन्द्र गौतमले सञ्चालन गरेको कम्पनीमा उनी काम गर्थे।

सन् २०२१ को डिसेम्बरमा उनी यो संसारबाट विदा भए। उनले आत्महत्याको बाटो रोजे। अवैधरुपमा लुकिछिपी बस्दै आएका उनले क्षतिपूर्ति पाउने कुरै थिएन। बरु उनको पहिचान गर्न हम्मे हम्मे भयो। उनको शव प्रहरी हुँदै अस्पताल पुर्‍याइएको थियो। तर, सात महिना वितिसक्दा समेत पहिचान खुलेको थिएन।

युएई प्रहरीले शव सनाखतका लागि त्यहाँस्थित नेपाली राजदूतावासलाई पत्र पठाएको थियो। पत्रका आधारमा दूतावासले युएईका नेपाली समाजहरुलाई पत्र पठायो।

नेपाली दूतावास युएईले मृतकको घर, ठेगाना र आफन्ती खोज्नका लागि नेपाली समाज युएईलाई जानकारी गराएपछि गत अप्रिलमा त्यही बेहोराको पत्र थाकस युएईले पनि प्राप्त गर्‍यो र सनाखतको जिम्मा त्‍यहाँका पदाधिकारीहरुलाई सुम्पियो।

यसबीचमा उनीहरुले आफूसँग सम्पर्कमा रहेका तराईका सबै जिल्लामा सर्कुलर गरे। प्रहरीमा उजुरीसमेत नपरेकाले र स्यवं परिवारले समेत धेरै समयदेखि सम्पर्कविहीन भएको भनेर वास्ता नगरेकाले मृतकको शनाखत हुन सकिरहेको थिएन।

तर, बुझ्दै गएपछि थाहा भयो, मृतक नवलपरासीका बासिन्दा थिए। तर मृतकका परिवारलाई पनि सनाखत गराउन ३ महिना समय लाग्यो। यसबीचमा मेयर भिमलाल अधिकारी, वडाध्यक्ष राम भक्त अधिकारी, वडा सदस्य बेनिराम थारु र थाकस युएईका पूर्व महसचिव मान महतोलगायतको पहलबाट मृतक खेमनाराण महतो नै रहेको विश्वास परिवारले गर्‍यो।

त्सपछि सुरु भएको थियो, शव नेपाल पठाउने गृहकार्य। त्यसका लागि कम्पनीका सञ्चालक देवेन्‍द्र गौतमले आफू एक्लैले नसक्ने बताएका थिए। गौतमले शव नेपालसम्म पुर्‍याउन सहयोग गरिदिन त्यहाँका नेपाली संस्थाहरुलाई हारगुहार गरे। उनले नेपाली दूतावास,  नेपाली समाज युएई, नवलपुर सेवा समाज युएई, जनजाति महासंघ युएई, थाकस युएई, प्रवासी नेपाली समन्वय समितिसँग आर्थिक सहयोगको अपिल गरे।

सबैको सहयोगबाट मृतक खेम नारायण महतोको शव नेपाल एयरलाइन्सको विमानबाट गत ४ जुलाई २०२२ मा काठमाडौं ल्याइयो।

शव हस्तान्तरणका लागि एक दिनअघि नेपाली साज युएईका महासचिव बेदप्रसाद अर्याल, थाकस युएईका उपाध्यक्ष भागरथि कुमार भगत र कम्पनी सञ्चालक देवेन्द्र गौतमलगायत उपस्थित रहेका थिए।

नेपाल ल्याएकै दिन मृतक महतोको अन्तिम संस्कार गरिएको परिवाजनले जानकारी दिएका छन्। ‘प्रवासमा कसैले पनि मृत्यु रोज्न चाहँदैन। तैपनि दुखद अवसानहरु हुने गर्छन्। यो केशले अवैध तरिकाले बस्नु हुँदैन भन्ने पाठ पनि सिकाएको छ। थाकसको तर्फबाट हामीले सक्दो प्रयास गरेका हौं। थारु समुदायबाट अझै कोही अवैध तरिकाले बस्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुस्। सकेको सहयोग हामीले गर्छौं,’ थाकसका अध्यक्ष खोरबाबु महतोले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *