अन्नु र नरेश जाेगीको थारु गीत करोड क्लबमा

अन्नु चौधरी र नरेश जोगीले गाएको थारु गीत ‘दिन गिन गिन’ करोड क्लबमा प्रवेश गरेको छ। योसँगै ‘मन लागेन’पछि करोड क्लबमा पुग्ने दोस्रो थारु गीत बनेको छ। यसअघि अन्नु चौधरी र आरके थारुको गीतले इतिहास रच्दै करोड क्लबमा पुग्न सफल भएको थियो।

दिन गिन गिनमा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ। एसकेथ्री इन्टरटेनमेन्टले सार्वजनिक गरेपछि यो गीत ट्रेन्डिङमा समेत परेको थियो।

अन्नु चौधरी र नरेश जोगीको स्वर रहेको गीतमा नरेशकै शब्द संगीत रहेको छ। गीतलाई गणेश चौधरीले अरेन्ज गरेका छन्। विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *