सभापतिको निर्णयमा असहमति जनाउँदा कांग्रेस बाँकेका सहसचिव विनोद थारुलाई सोधियो स्पष्टीकरण

नेपाली कांग्रेस बाँकेको अनुशासन समितिले सहसचिव विनोद थारुलाई स्पष्टीकरण सोधेको छ। स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।

स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन आफूले कुनै कसर बाँकी नराखेको उनले बताएका छन्। ‘पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन म पार्टीकै निर्देशनअनुसार क्षेत्र नम्बर ३ मा निरन्तर खटेको थिएँ। आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी राखिन पनि। क्षेत्र ३ अन्तर्गत जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बैजनाथ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्य दुबै पद जित्न सफल भयो। खजुरा गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस उपाध्यक्ष पदमा विजयी भयो। दिनरात नभेर पुर्‍याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनि गरेको निर्णप्रति दुःखी छु,’ उनले भनेका छन्।

उनले जिल्ला सभापति नारायणप्रसाद गौडेर्लले निर्वाचनको मुखमा विधान विपरित गरेका निर्णयप्रति असन्तुष्टि जनाएकै कारण आफूलाई स्पष्टीकरण सोधेको उल्लेख गरेका छन्। सभापतिको अवैधानिक निर्णयविरुद्ध केन्द्रीय समितिले छानबिन गरिरहेको भन्दै उनले आफूमाथि लगाइएको आरोपको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *