सञ्चारकर्मी एवं गायक संजय चौधरीलाई पितृशोक

थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा चर्चित गायक संजय चौधरी पितृशोकमा परेका छन्। गायक चौधरीका पिता लक्ष्मीप्रसाद चौधरीको ६१ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो।

उच्च रक्तचापका कारणले उनी केही दिन अघिदेखि सिकिस्त बिरामी थिए। अमेरिकामा रहेका गायक चौधरी बुबा थला परेको खबर पाउनासाथ घर फर्केका थिए। मृतक चौधरीको आजै देवघाट धाममा अन्त्येष्टि गरिएको छ।




Leave a Reply

Your email address will not be published.