कांग्रेस बर्दिया समितिका २० जनाले भने- राजनीतिक प्रतिशोध साँध्न गोपाल दहितसहित थारुहरुलाई स्पष्टीकरण सोधियो

नेपाली कांग्रेसको बर्दिया जिल्ला कमिटीका उपभासपतिसहित २० जनाले पार्टीको जिल्ला अनुसाशन समितिको विरोध गरेका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले राजनीति प्रतिशोध साध्नेगरी नेता कार्यकर्तामाथि स्पष्टीकरण सोधेर मानमर्दन गरैको आरोप लगाएका छन्।

‘नेपाली कांग्रेसले बर्दिया जिल्लामा ऐतिहासिक विजय हासिलसँगै नेता कार्यकर्ताहरुलाई गौरवाञ्वित बनाइरहेका बेला नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. गोपाल दहितलगायत पार्टीको विधान, नियमावली, निर्णय, योजना र उद्देश्यलाई आत्मसात गर्दै निरनन्तर पार्टीको हकहितका लागि कार्य गर्दै आएका महन्तपूर्ण नेता कार्यकर्ताहरुको मान मर्दन हुनेगरी कारबाही गर्ने, स्पष्टीकरण लिने निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उपसभापति गोविन्द प्रसाद थारुसहित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

उनीहरुले पार्टीको विधान विपरीत डा. दहितलाई स्पष्टीकरण सोधेको आरोप लगाएका छन्। विधानको दफा ३४, उपदफा ४ को (ङ)मा स्पष्ट उल्लेख भएको भन्दै जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्यलाई कारबाही वा स्पष्टीकरण सोध्ने अधिकार नराख्ने जनाएको छ। समितिले कारबाहीको सिफारिस नै नभएकाहरुलाई स्पष्टीकरण सोधेको भन्दै आपत्ति जनाएको छ।

‘स्पष्टीकरण माग गरिएका नेता कार्यकर्ताहरुको सम्बन्धमा तहगत संगठनको कार्यसमितिबाट औपचारिक निर्णय, सिफारिस नभई केवल राजनीतिक प्रतिशोधले व्यक्तिगतरुपमा पदीय दुरुपयोग गर्दै कारबाहीको लागि सिफारिस उजुरी गरेको हर्कत स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

स्थानीय तह निर्वाचनमा नेता कार्यकर्ताहरुले सक्रिय भूमिका निर्वाह गरे पनि उनीहरुको योगदानको अनुशासन समितिले अवमूल्यन गरेको आरोप उनीहरुको छ। नेता कार्यकर्ताको सक्रिय भूमिकाकै कारण बर्दियामा ८ पालिकामध्ये ५ वटामा प्रमुख र ४ वटा उपप्रमुख ३२ वडाध्यक्षसहित १३६ वडा सदस्य र जिल्ला समन्वय समितिमा पूरै प्यानल विजयी भएको उनीहरुको भनाइ छ।

त्यस्तै कम्युनिस्टको आधार स्तम्भ भएको मधुवन, ठाकुरबाबा र बारबर्दियामा वामपन्थी गढलाई भत्यकाएर कांग्रेसले ऐतिहासिक विजयी हासिल गरेको र सुझबुझ र पार्टीको विधि पद्धतिअनुसार टिकेट वितरण गरेको भए थप पालिका तथा वडाहरुमा विजयी प्राप्त गर्नसक्ने आधारहरु देखिएको उनीहरुको भनाइ छ।




One thought on “कांग्रेस बर्दिया समितिका २० जनाले भने- राजनीतिक प्रतिशोध साँध्न गोपाल दहितसहित थारुहरुलाई स्पष्टीकरण सोधियो

  1. यो स्पस्ट छ कि साधारण जनताले पनि बुझने कुरा हो, डाक्टर गोपाल दहित ज्यु र माननीय संजय गौतम ज्यु जस्तो राजनीतिक हस्ती देशमा छैनन त्यसकारण माननीय संजय गौतम लाई केहि गर्न सकेन् तर डाक्टर गोपाल दहित लाई नेपाली कांग्रेस बर्दियाको केहि कार्यकर्ताहरुको खेलो मेलोमा कारबाहीको माग गरेका छन् जुन पार्टी र देशको लागि उपयुत छैन

Leave a Reply to Khushi Ram chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *