कुन-कुन थारु नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्?

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भोलि (आइतबार) पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ। भृकुटिमण्डपको रिपोर्ट्स क्लबमा १ बजे आयोजना हुने कार्यक्रममा विभिन्न पार्टीका थारु नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एक नेताले बताए।

‘विभिन्न पार्टीका साथीहरु नागरिक उन्मुक्तिमा आउँदै हुनुहुन्छ। थारुलगायत उत्पीडित वर्गको माग मुद्दा यहीबाट सम्भव हुने भन्दै उहाँहरु पार्टीमा आबद्ध हुँदै हुनुहुन्छ,’ ती नेताले थारुवानसँग भने।

थरुहट आन्दोलनमा सक्रिय रहेका नेताहरु बढी भएको बताइएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजकसहित पदाधिकारीहरु पनि नागरिक उन्मुक्ति पार्टीमा औपचारिकरुपमा आबद्ध हुने उनले बताए। यसअघि उनीहरु नेपाल लोकतान्त्रिक पार्टीमा आबद्ध थिए।

त्यस्तै जनता समाजवादी पार्टीलगायत अन्य पार्टीका नेताहरु पनि भोलिको कार्यक्रममा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ। नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि सहजीकरण गरिरहेका सुरेन्द्र चौधरीका अनुसार करिब ४ दर्जन व्यक्तिको नाम तयार भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *