थारु भाषामा शिक्षण सिकाई कार्यक्रमका लागि जानकी गाउँपालिकाले छुट्यायो ४० लाख बजेट

कैलालीको जानकी गाउँपालिकाले थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेल रोग पहिचान तथा निदानका लागि शिविर सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरेको छ।

त्यस्तै आधारभूत तहअन्तर्गत कक्षा १ देखि ३ सम्म स्थानीय थारु भाषामा शिक्षण सिकाई कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन गरेको छ।

जानकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६९ करोड ३० लाख बजेट विनियोजन गरेको छ। जसमा चालु अर्थतर्फ ४५ करोड ८४ लाख ५ हजार ५१६ रहेको छ भने पुँजीगततर्फ २३ करोड ४५ लाख ९४ हजार ४८३ रुपैयाँ रहेको छ।




One thought on “थारु भाषामा शिक्षण सिकाई कार्यक्रमका लागि जानकी गाउँपालिकाले छुट्यायो ४० लाख बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *