बर्दिया घटनामा गृह मन्त्रालयको निष्कर्ष- परिस्थिति सिर्जना भएर गोली चल्दा नविना चौधरीको मृत्यु

बर्दियाको मधुवन नगरपालिका-२ मा प्रहरीले चलाएको गोली लागेर नविना चौधरीको मृत्यु भएको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिले छानविन प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

गत जेठ २३ मा ओराली बजारमा बाघ आतंक नियन्त्रणको माग राखेर स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २४ वर्षीया नविना चौधरीको मृत्यु भएको थियो । गुलरिया अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु ‘बुलेट इन्जुरी’ बाट भएको पुष्टि भएको छ।

घटनास्थलमा प्रहरीले ९ राउण्ड गोली चलाएको छानबिनबाट थाहा भएको छ। स्थानीयले राजापुर-टिकापुर जोड्ने हुलाकी राजमार्ग ५ घण्टा अवरुद्ध गरेका थिए। सड्क खुलाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडप भएको र गोली चलाउनुपर्ने अवस्था सिर्जना भएको छानविन समितिको निष्कर्ष छ।

प्रतिवेदनअनुसार प्रहरीले ५ घण्टा सम्झाई बुझाई गरेको र स्थानीयले घटनास्थलमा मेयर, प्रजिअ र एसपी आएर लिखित प्रतिबद्धताको माग गरेपछि परिस्थिति झडपमा बदलिएको थियो। साँझ करिब साढे ५ बजेतिर स्थानीयले ढुंगा प्रहार गर्दा दुईजना महिला प्रहरी ढलेका थिए। ‘स्थानीयले ढुंगामुढा गर्दा प्रहरीले बोकेको २५ वटा ढाला फुटेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘करिब ७ सय मिटर पछाडि हट्नुपरेपछि प्रहरीले गोली चलाएको देखिन्छ।’

छानविन समितिले घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीले त्रुटि नगरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। तर, समितिले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले पहलकदमी नलिएको भन्दै त्रुटि औंल्याएको छ।

ल्ला नेतृत्व जिम्मेवार नभएको भन्दै समितिले ‘जंगली जनावर आतंक रोक्ने कार्ययोजना लागू गर्नुपर्ने’ सिफारिस गरेको छ। समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका एसपी कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य थिए। बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएपछि स्थानीयले बाघ आतंक रोक्न आन्दोलन गरेका हुन्।




3 thoughts on “बर्दिया घटनामा गृह मन्त्रालयको निष्कर्ष- परिस्थिति सिर्जना भएर गोली चल्दा नविना चौधरीको मृत्यु

  1. गलत अनुसन्धान।गोलि चलाउनुको नि तरिका हुन्छ नि यो नियत बस मार्ने उदेश्यले चलाएको प्रमाण छ।ताकी ताकी गोलि हानिएको छ।निष्कर्ष पनि कसरि यथार्थ आउँछ र डाडु पन्यु आफ्नै हातमा छ वास्तविक रिपोर्ट आए र कारबाही हुन्छ भनेर नआएको हुनसक्छ

  2. जस्को शक्ति उसैको भक्ती
    गोली चलाउनु परिस्थिति सिर्जना रे!
    के जायज मागको लागि शान्तिपूर्ण आन्दोलन गर्न नपाउनु!
    थारू भएकै कारण रेशम जेलमा छन् र नविना पनि थारू भएकै कारण छानविन समितिले गोली चलाउनेलाई कारवाही गर्नुको सट्टा परिस्थिति सिर्जना वाह मेरो दृशको कानुन जस्क‍ कानुन उसैले जानुन ।

  3. जस्को शक्ति उसैको भक्ती
    गोली चलाउनु परिस्थिति सिर्जना रे!
    के जायज मागको लागि शान्तिपूर्ण आन्दोलन गर्न नपाउनु!
    थारू भएकै कारण रेशम जेलमा छन् र नविना पनि थारू भएकै कारण छानविन समितिले गोली चलाउनेलाई कारवाही गर्नुको सट्टा परिस्थिति सिर्जना वाह मेरो देशको कानुन जस्क‍ो कानुन उसैले जानुन ।

Leave a Reply to Ram Charan Chaudhari Cancel reply

Your email address will not be published. Required fields are marked *