कृषि विकास बैंकलाई वर्षा चौधरीको निवेदन

सुनसरी दुहबी-३ की वर्षा चौधरीले कानुनअनुसार पाउनुपर्ने ऋण उपलब्ध गराउन माग गरेकी छन्। ऋण स्वीकृत भएको महिना पुग्न लाग्दासमेत रकम उपलब्ध नभएको भन्दै उनले कृषि विकास बैंकलाई निवेदन लेखेरै रकम माग गरेकी हुन्।

‘विसं २०७७ असोज ८ गते बिराज कृषि फर्मका नाममा व्यवसायिक कर्जा लिएको र त्यसको मासिक कर्जा तिर्दै आएको छु। त्यसपछि विसं २०७८ साउन ३२ गते घर निर्माण कर्जा लिई ऋण कर्जा पनि नियमित तिर्दै आएको छु। तर घर निर्माण गर्ने कम्पनीले बुझाएको प्रतिवेदनअनुसार खर्च बढेको र सोहीअनुसारको ऋण उपलब्ध गराउन २०७८ फागुन २० गते निवेदन दिएको छु। निवेदनअनुसार ओडीसी शीर्षकमा २०७९ जेठ ९ गते २९ लाख ऋण स्वीकृत पनि भएको हो। तर एक महिना वित्न लाग्दासमेत ऋण नपाएपछि निवेदन दिएकी हुँ,’ वर्षा चौधरीले भनिन्।

उनले रकम ऋण निकासा नगर्दा निर्माणधीन घरमा असर पुगेको बताइन्। ‘वर्खायाम सुरु भइसकेको अवस्था छ। यतिबेलासम्म त घरको ढलान कार्य सकिसक्नुपर्ने थियो। तर ऋण रकम निकासा नगर्दा निर्माणधीन घरमा असर पुग्ने अवस्था आएको छ,’ उनले भनिन्।

उनले ऋण रकम नपाउँदा निर्माणधीन घरमा असर परेको भन्दै कानुनको पालना गर्न आग्रह गरेकी छन्। उनले मुलुकी देवानी संहिता २०७४ भाग ५ मा भएको व्यवस्थाअनुसार कानुन बमोजिम भएको कारारको परिपालाना दुवै पक्षले पूरा गर्नुपर्ने बताएकी छन्।  विलम्ब भई कुनै हानी नोक्सानी भए त्यसको क्षतिपूर्ति कानुनी व्यवस्थामा रहेको भन्दै सचेतसमते गराएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *