कांग्रेसमा न्याय खोज्नुभएको छ भने महाभुल गर्दै हुनुहुन्छ : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसमा न्याय खोज्नु मुर्खता भएको उल्लेख गरेका छन्। उनले कांग्रेस युवा नेतालाई सुझाव दिँदै उपाय खोज्नसमेत सुझाएका छन्।

बर्दियाका युवा नेता सिताराम चौधरीले मंगलबार राति २५ वर्षदेखि माओवादी कब्जा रहेको वडा जिताउँदा पनि कारबाही सिफारिस भएको सुन्दा दुःख लागेको बताएका छन्। उनले भनेका छन्, ‘२५ वर्ष माओवादीको कब्जामा रहेको वडालाई धेरै दुःख गरेर जितायौं। तर मेरै आफ्नो मान्छेहरु कारबाहीको सिफारिस गरेको थाहा पाउँदा राजनीतिप्रति बितृष्णा बढ्यो।’

त्यसमै सुझाव दिँदै पूर्वसांसद समेत रहेका चौधरीले कांग्रेसमा न्याय खोज्नु महाभुल हुने उल्लेख गरेका छन्। ‘ए हजुर कांग्रेस पार्टीमा यस खालको मान्छेको भिड धेरै छ। सज्जनहरु कम छन्। यहाँ के हुने र के नहुने लेखेको आधारमा हुँदैन। जो जिता ओही सिकन्दर भन्नेहरु छन्। न्याय भन्ने कुरा कांग्रेसमा खोज्नुभएको छ भने महाभुल गर्दै हुनुहुन्छ।’

थारुमाथि कारबाहीको सिलसिला सुरुवात भएको भन्‍दै उनले मनसँग उपाय सोधेर विकल्प खोज्न आग्रह गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले थारुहरुलाई अझै दास मानसिकताबाट हेर्ने गरेको अधिकांशले कमेन्ट गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *