शान्ता चौधरी अमेरिका प्रस्थान

नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधबार राति अमेरिका प्रस्थान गरेकी छन्। प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रममा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

सचेतक चाैधरीको सचिवालयको अनुसार अमेरिकाको वोस्टन सहरमा जुन १७ देखि १९ सम्म हुने प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशनमा कार्यक्रममा चौधरीको विशेष सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी अमेरिकामा नेपालीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा चाैधरीको सहभागी हुने सचिवालयले जनाएको छ।

नेकपा एमालेकी पोलिट व्युरो सदस्यसमेत रहेकी चौधरीको अमेरिकामा करिब १५ दिन बसाइ रहने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *